हेडलाईनसमाचारगण्डकी

लमजुङको खुदी युथ क्लबको अध्यक्षमा रावल

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, १८ माघ २०८२ आइतबार । लमजुङको मर्स्याङदी गाउँपालिका–३ खुदीमा रहेको खुदी युथ क्लबको अध्यक्षमा विशाल रावल सर्वसम्मत चयन भएका छन् ।

हिंजो सम्पन्न क्लबको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट रावल अध्यक्षमा चयन भएका हुन्। क्लबको प्रथम उपाध्यक्षमा रविन लामा, दोस्रो उपाध्यक्षमा पूर्णसिङ तामाङ, सचिवमा अर्जुन श्रेष्ठ, कोषाध्यक्षमा शुष्मा भण्डारी, सह–कोषाध्यक्षमा मिरन गुरुङ र सदस्यमा देवेन्द्र लामा चयन भएका छन् । अध्यक्ष रावलले चाँडै बैठक बसेर कार्यसमितिलाई १५ सदस्यीय बनाइने जानकारी दिए ।


नवनिर्वाचित अध्यक्ष रावलले क्लबलाई अझ सक्रिय बनाउँदै युवाहरूलाई सामाजिक सेवा, खेलकुद, सिर्जनात्मक काम र सामुदायिक विकासमा जोड्ने बताए । उनले खुदी क्षेत्रका सबै युवालाई एकताबद्ध गर्दै क्लबमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको स्पष्ट पारे ।


कार्यक्रममा बोल्दै मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले युवालाई क्लबमा जोडेर लागुऔषध दुर्वसनीविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न आग्रह गरे । उनले पालिकाको तर्फबाट आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सामाजिक व्यक्तिहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button