आँबुखैरेनी गाउँपालिकाहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकी

डिजिटल सुझावमार्फत मतदातासँग सिधा संवादमा कांग्रेस उम्मेदवार भट्टराई

प्रहार समाचार । तनहुँ, १९ माघ २०८२ सोमबार । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले डिजिटल माध्यम प्रयोग गरी मतदाताबाट सुझाव संकलन थालेका छन् । नीति निर्माण तहमा पुगेर तनहुँवासीको भावना र आवाजलाई सम्मान गर्ने उद्देश्यले डिजिटल सुझाव माग गरिएको भट्टराईले बताए ।

उनले संसदमा जनताको वास्तविक आवाज सुनिनु अनिवार्य रहेको उल्लेख गर्दै तनहुँ क्षेत्र नम्बर १ र समग्र तनहुँले अब नीति निर्माणको केन्द्रमा प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिए । यसबाट भट्टराईले परम्परागत चुनावी प्रचारभन्दा फरक ढंगले मतदातासँग प्रत्यक्ष संवाद गर्न खोजेको देखिन्छ । डिजिटल माध्यमबाट आएका सुझावले युवा, महिला, दाजुभाइ तथा दिदीबहिनीको प्राथमिकता स्पष्ट रूपमा बुझ्न मद्दत पुगेको भट्टराईको दावी छ । प्राप्त सुझावलाई गम्भीर रूपमा लिएर आगामी कार्यदिशा तय गरिने प्रतिबद्धता जनाउँदै भट्टराईले नागरिकले दिएको मत मात्र नभई आवाज पनि संसदमा पुर्‍याउने उल्लेख गरे ।

आफू विगतमा सार्वजनिक पदमा नरहे पनि लामो समयदेखि तनहुँको विकास निर्माणमा योगदान दिँदै आएको उल्लेख गर्दै भट्टराईले खानेपानी, सडक सञ्जाल विस्तार, विद्युत् पहुँच र स्थानीय विकासका विभिन्न योजनामा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गरे । भट्टराईले जनताको जीवनस्तर उकास्ने काम नै आफ्नो प्राथमिकता रहेको बताए। अर्थशास्त्रमा पिएचडी अध्ययनरत भट्टराई इमान्दार, अध्ययनशील र सरल स्वभावका नेताको रूपमा परिचित रहेको स्थानीयहरूको भनाइ छ।


तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २६ हजार ८ सय ८२ मतदाता रहेकोमा आफ्नो पक्षमा जनसमर्थन बढ्दो रहेको भट्टराईले बताए। डिजिटल सुझाव अभियानबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले चुनावी यात्रामा थप आत्मविश्वास बढेको उल्लेख गर्दै उनले परिवर्तन र परिमार्जनको राष्ट्रिय अभियानमा तनहुँ पछि नपर्ने दाबी समेत गरे । भट्टराईलाई डिजिटल सुझाव दिन तलको लिंकमा जान सकिने छ : https://forms.gle/rZcSmRNGQFbDAgWU8


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button