हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको दमौलीमा मोबाइल व्यवसायी एकजुट, नयाँ संघ गठन

प्रहार समाचार । तनहुँ, १७ माघ २०८२ शनिबार । तनहुँको दमौलीका मोबाइल व्यवसायीहरूले आपसी सहकार्य र व्यवसायिक हकहितका लागि दमौली मोबाइल व्यवसायी संघ गठन गरेका छन्। शनिबार सम्पन्न व्यवसायीहरूको भेलाले संघ गठन गर्ने निर्णय गरेको हो।

भेलाबाट संघको अध्यक्षमा अजित पन्थ चयन भएका छन्। उपाध्यक्षमा सुमिन मल्ल, सचिवमा रवीन्द्र तिवारी, सह–सचिवमा उमेश भूषाल र कोषाध्यक्षमा राजन कुमाल चयन भएका छन्।
त्यसैगरी संघको सदस्यमा आर्यन क्षेत्री, सुजन धरेल, विजय राना र रुजेश आले चयन भएका छन्।

नवगठित संघले मोबाइल व्यवसायलाई व्यवस्थित बनाउँदै व्यवसायीका समस्या समाधानमा काम गर्ने जनाएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button