हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

निःशुल्क ध्यान, ज्ञान र भोजनसहित पोखरामा विकासानन्द फाउन्डेसनको चौथो वार्षिक उत्सव हुने

प्रहार समाचार । पोखरा, १७ माघ २०८२ शनिबार । आध्यात्मिक चेतना, सामाजिक सद्भाव र मानव कल्याणको सन्देश फैलाउँदै आएको विकासानन्द फाउन्डेसन विश्व परिवारले आफ्नो चौथो वार्षिक उत्सव पोखरामा आयोजना गर्ने भएको छ।
यही माघ २६ गते पोखरा महानगरपालिका–२३ स्थित मनोक्रान्ति योग आश्रममा आयोजना हुने उक्त उत्सवमा सहभागीहरूका लागि निःशुल्क ध्यान, ज्ञान, भोजन तथा आवासको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

मानसिक शान्ति, आत्मज्ञान र सामूहिक चेतनाको विकासलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको कार्यक्रममा योग, ध्यान तथा जीवन उपयोगी ज्ञानमूलक सत्रहरू सञ्चालन गरिने बताइएको छ। कार्यक्रममा देशका विभिन्न स्थानबाट साधक, अनुयायी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।


आयोजकका अनुसार, आवासको व्यवस्था सीमित भएकाले अग्रिम बुकिङ अनिवार्य गरिएको छ। फाउन्डेसनले यस प्रकारका कार्यक्रममार्फत समाजमा सकारात्मक सोच, आत्मिक उन्नति र मानव एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्य लिएको जनाएको छ।
कार्यक्रम सम्बन्धी थप जानकारी तथा आवास बुकिङका लागि ९८४०९१४८०५ र ९७६२५६९६५१ नम्बरमा सम्पर्क गर्न सकिनेछ।


आध्यात्मिक अभ्यास र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्दै आएको विकासानन्द फाउन्डेसनको यो उत्सव पोखराको आध्यात्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button