हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम : तीन प्रदेशमा आंशिक बदलि रहने

प्रहार समाचार । काठमाडौँ, १७ माघ २०८२ शनिबार । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । यसको असरले तराईका धेरै ठाउँ बिहानैदेखि हुस्सु–कुहिरोले ढाकिएका छन् । दृश्यता घट्दा जनजीवन र सवारी आवागमन प्रभावित बनेको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ । शनिबार दिउँसो पनि तराई क्षेत्रमा हुस्सु–कुहिरो कायमै रहने सम्भावना रहेको छ ।


कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्ने जनाइएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति पनि तराईका थोरै स्थानमा हुस्सु देखिन सक्छ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल रहनेछ भने अन्य भू–भागमा मौसम खुल्ने अनुमान गरिएको छ ।
हुस्सु र चिसो बढ्दै जाँदा चिसोबाट जोगिन सतर्कता अपनाउन तथा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button