हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

निर्वाचन सुरक्षाका लागि तनहुँमा निर्वाचन प्रहरी छनोट सुरु : दर्ता नम्बर अनुसार स्वास्थ्य, शारीरिक र लिखित परीक्षा तालिका सार्वजनिक

प्रहार समाचार । तनहुँ, ५ माघ २०८२ सोमबार । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, तनहुँले निर्वाचन म प्रहरीमा आवेदन दिएका उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती तथा लिखित परीक्षाको विस्तृत समय तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार परीक्षा माघ ५ गतेदेखि चरणबद्ध रूपमा सञ्चालन हुने भएको हो।

प्रहरी कार्यालयका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा व्यास नगरपालिका–३ स्थित बनवाटिका खेलमैदानमा माघ ५ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान र दिउँसो गरी दुई सिफ्टमा हुने छ।


माघ ५ गते सोमबार बिहान ७:०० देखि १०:०० बजेसम्म दर्ता नम्बर ०१ देखि ४९९ सम्म र दिउँसो १२:०० देखि ४:०० बजेसम्म दर्ता नम्बर ५०१ देखि ९९९ सम्मका उम्मेदवारहरूको परीक्षा हुनेछ।


माघ ६ गते मंगलबार बिहानको सिफ्टमा दर्ता नम्बर १००१ देखि १४९९ सम्म र दिउँसोको सिफ्टमा दर्ता नम्बर १५०१ देखि १९९९ सम्मका उम्मेदवारहरू सहभागी हुनेछन्। त्यस्तै माघ ७ गते बुधबार बिहान ७:०० देखि १०:०० बजेसम्म दर्ता नम्बर २००१ देखि २४९९ सम्म र दिउँसो १२:०० देखि ४:०० बजेसम्म दर्ता नम्बर २५०१ देखि २८७३ सम्म (बाँकी सबै) उम्मेदवारहरूको स्वास्थ्य तथा शारीरिक परीक्षा सञ्चालन गरिनेछ।


जिल्ला प्रहरी कार्यालयले परीक्षार्थीहरूलाई प्रवेशपत्र र नागरिकताको सक्कल प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउन, शारीरिक परीक्षाका लागि स्पोर्ट्स वेयरमा उपस्थित हुन र तोकिएको समयभन्दा कम्तीमा ३० मिनेट अगावै परीक्षा स्थलमा पुग्न आग्रह गरेको छ। तोकिएको मिति र समयमा उपस्थित नहुने उम्मेदवारहरूको दरखास्त स्वतः रद्द हुने स्पष्ट चेतावनीसमेत दिइएको छ।


यसैबीच, म्यादी प्रहरी छनोट अन्तर्गतको लिखित परीक्षा माघ ९ गते शुक्रबार बिहान १०:०० बजे सञ्चालन हुनेछ। लिखित परीक्षाका लागि उम्मेदवारहरूलाई परीक्षा सुरु हुनु भन्दा कम्तीमा १ घण्टा अगावै उपस्थित हुनुपर्ने प्रहरी कार्यालयले जनाएको छ। अन्तरवार्ता परीक्षा भने लिखित परीक्षाको नतिजा सार्वजनिक भएपछि अर्को सूचना मार्फत जानकारी गराइनेछ। हेरौं सूचना ;

निर्वाचनलाई शान्त, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले अघि बढाइएको निर्वाचन प्रहरी छनोट प्रक्रियामा तनहुँमा युवाहरूको सहभागिता रहेको छ। थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय, तनहुँको सम्पर्क नम्बर १०० / ९८५६०९०१७८ मा सम्पर्क गर्न सकिने जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button