हेडलाईनसमाचारगण्डकी

मेडिकल व्यावसायी दुर्गा प्रसाईं पक्राउ

प्रहार समाचार । कास्की, ५ माघ २०८२ सोमबार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएको विषयमा अनुसन्धान अघि बढेपछि प्रसाईंलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको हो ।

पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा कास्कीको चाउथे क्षेत्रबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।
प्रसाईंले हालै सार्वजनिक कार्यक्रममार्फत निर्वाचन आयोगप्रति लक्षित गर्दै कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएको आरोप लगाएका थिए। सो अभिव्यक्तिलाई लिएर व्यापक विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले आइतबार प्रहरीलाई पत्राचार गर्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि अनुरोध गरेको थियो।
आयोगको सोही पत्रका आधारमा प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो। घटनापछि पोखरा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने प्रसाईंको अभिव्यक्तिले राजनीतिक वृत्तमा समेत तरंग सिर्जना गरेको छ।


पक्राउसँगै अब प्रसाईंमाथि कुन–कुन कानुनी धारामा अनुसन्धान अघि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button