हेडलाईनसमाचारबन्दीपुरगण्डकीखेलकुद

आठौं मिलिजुली कप सम्पन्न : बुलिन्टार युवा क्लब नवलपुरलाई उपाधि

प्रहार समाचार । तनहुँ, २० पुस २०८२ आइतबार । तनहुँको बन्दीपुर–६ खहरेमा आयोजित आठौं संस्करणको मिलिजुली कप पुरुष भलिबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ। शुद्ध गाउँ तथा टोलस्तरीय प्रतियोगिताको उपाधि बुलिन्टार युवा क्लब नवलपुरले हात पार्न सफल भएको छ।


प्रतियोगिताको फाइनल खेलमा बुलिन्टार युवा क्लबले मिलिजुली युवा क्लब बन्दीपुर–६ खहरेलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो। उपाधिसँगै क्लबले नगद र एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको मिलिजुली युवा क्लबले रु. सत्तरी हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।


तमु लोसार तथा सांस्कृतिक कार्यक्रमको अवसरमा आयोजना गरिएको प्रतियोगितामा जिल्लाभित्रका ३८ टिम सहभागी भएका थिए। प्रतियोगिता व्यवस्थित स्टेज, सहज व्यवस्थापन र दर्शकको उल्लेखनीय उपस्थितिका बीच सम्पन्न भएको थियो ।


यस वर्षको मिलिजुली कपलाई डिजिटल प्रविधिसँग जोड्दै युट्युब, सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। साथै ड्रोन प्रविधिको प्रयोगले प्रतियोगितालाई अझ आकर्षक बनाएको थियो।


प्रतियोगितामा कोदिम युवा क्लब, रिसिङ–१ तेस्रो भयो भने शुक्लगण्डकी नगरपालिका सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भयो। भलिबल प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले गरेका थिए। कार्यक्रमको समापन बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा गर्नुका साथै विजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । तमु लोसार कार्यक्रमको उद्घाटन गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले गरेकी थिइन् ।

कार्यक्रम संयोजक तथा मिलिजुली युवा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्जामगरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, टिम कप्तान, क्लब अध्यक्ष, पत्रकार, सुरक्षाकर्मी, स्वयंसेवक र शुभेच्छुकप्रति आभार व्यक्त गरे।
गाउँस्तरमै आयोजना गरिएको आठौं मिलिजुली कपले स्थानीय युवामा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै सामाजिक एकता र सांस्कृतिक पहिचान प्रवर्द्धनमा टेवा पुगेको आयोजकले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button