हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पश्चिमी वायू सक्रिय, तराईमा कुहिरो तथा हिमाली भेगमा हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौँ, २० पुस २०८२ आइतबार । आज पनि देशभर पश्चिमी वायूको प्रभाव देखिएको छ । यसका कारण तराई भू–भागमा कुहिरो र हिमाली क्षेत्रहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि मौसम आंशिक बदली रहने अनुमान गरिएको छ । बाँकी भू–भागमा भने मौसम प्रायः सफा रहनेछ।


कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी आज राति तराईका धेरै स्थानमा बाक्लो कुहिरो लाग्ने सम्भावना रहेको छ, जसले दृश्यता घटाउनेछ।


महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ भने तराई क्षेत्रमा कुहिरोको प्रभाव निरन्तर रहने देखिएको छ।


मौसमको यस अवस्थाले दैनिक जनजीवन, स्वास्थ्य सेवा, पर्यटन गतिविधि तथा सडक यातायातमा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button