हेडलाईनव्याससमाचारगण्डकीविजनेसनगरपालिका /गाउँपालिकास्वास्थ्य

तनहुँको दमौलीमा शोभा फार्मेसी एण्ड बाराही हेल्थ क्लिनिक सञ्चालनमा

प्रहार समाचार । तनहुँ, १९ पुस २०८२ शनिबार । तनहुँको सदरमुकाम दमौली स्थित व्यास नगरपालिका वडा नं.- २, नेपाल बैङ्क अगाडि शोभा फार्मेसी एण्ड बाराही हेल्थ क्लिनिक सञ्चालनमा आएको छ। सर्वसाधारणलाई सहज, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त फार्मेसी तथा क्लिनिक सञ्चालनमा आएको हो ।

क्लिनिकले बिगत एक बर्ष अगाडिदेखि सेवा प्रवाह गर्दै आएको सञ्चालक सुरेश तिमल्सेनाले बताए । क्लिनिकमा बिरामी परीक्षण तथा परामर्श सेवा (ओ.पि.डि.), फार्मेसी सेवा, विशेषज्ञ डाक्टरद्वारा उचित स्वास्थ्य परिक्षण, परामर्श तथा अत्याधुनिक प्रयोगशाला सेवा उपलब्ध गराइँदै आएको छ। प्रयोगशालामा रगत, दिसा, पिसाब, खकार, वीर्यलगायत विभिन्न परीक्षणहरू गरिने व्यवस्था रहेको सञ्चालक तिमल्सेनाले बताए ।

‘क्लिनिकको मुख्य लक्ष्य सामान्य नागरिकलाई सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो।’ – तिमल्सेनाले भने । ‘शहरदेखि टाढा अस्पताल जान नसक्ने बिरामीहरूका लागि नजिकैबाटै विश्वसनीय सेवा दिन सकियोस् भन्ने हाम्रो चाहना हो,’ उनले थपे ।

उनले स्वास्थ्य सेवामा पहुँच अभावका कारण धेरै नागरिक उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई ध्यानमा राख्दै घरमै पुगेर सेवा दिने व्यवस्था पनि सुरु गरिएको जानकारी दिए। विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अशक्त बिरामीहरूका लागि होम केयर सेवा प्रभावकारी हुने विश्वास क्लिनिकले लिएको छ।

क्लिनिकमा ई.सि.जी. सेवा, गर्भवती जाँच सेवा तथा अन्य आधारभूत स्वास्थ्य परीक्षणहरू उपलब्ध छन्। साथै, उचित मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराइने व्यवस्था गरिएको छ।
स्वास्थ्य सेवामा व्यवसायिकता र सेवाभावलाई सँगसँगै अघि बढाउने लक्ष्यसहित सञ्चालनमा आएको शोभा फार्मेसी एण्ड बाराही हेल्थ क्लिनिकले स्थानीयस्तरमै विश्वासिलो उपचारको विकल्प प्रदान गरेको स्थानीयवासीहरूको भनाइ छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button