हेडलाईनसमाचारगण्डकीभिमाद

तनहुँमा मोटरसाइकल दुर्घटना, चालकको अवस्था गम्भीर

प्रहार समाचार । तनहुँ, १८ पुस २०८२ शुक्रबार । तनहुँको भिमाद–काउले सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवा गम्भीर घाइते भएका छन्। भिमाद नगरपालिका–२ टेक्रे क्षेत्रमा आज साँझ मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४०–५० मिटर तल भिरमा खस्दा चालकको अवस्था नाजुक बनेको हो।


प्रहरी चौकी किहुँका अनुसार भिमादबाट काउलेतर्फ जाँदै गरेको बा ३९ प ७३५७ नम्बरको मोटरसाइकल साँझ करिब ५ः३० बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा परी भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङ निवासी १८ वर्षीय गोरे नेपाली गम्भीर घाइते भएका हुन्।


दुर्घटनापछि घाइते नेपालीलाई तत्काल उपचारका लागि जी.पी. कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, झरौटामा ल्याइएको थियो। तर टाउको र अनुहारमा गम्भीर चोट लागी बोल्न नसक्ने अवस्थामा रहेकाले साँझ ६ः२० बजे थप उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।


प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासीका अनुसार सो सडकखण्ड साँघुरो र घुम्ती भएकोले सवारी साधन चलाउँदा उच्च सतर्कता आवश्यक रहने गरेको छ। पछिल्लो समय यस क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएकाले सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीयको भनाइ छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button