हेडलाईनसमाचारसाहित्यप्रदेश

प्रहार साहित्य : भ्रष्टाचारको राष्ट्रिय एकता

भ्रष्टाचारी, भ्रष्टाचारी एक होऊँ !

लिचीघारी, चियाबारी एक होऊँ !

भिजिट भिसा, वाइड बडी एक होऊ !

सुनका – चुरोट, ब्याग, घड़ी एक होऊँ ।

शरणार्थी काण्ड, गोकर्ण रिसोट एक होऊँ

यति, ओम्नी, एनसेल, डडेका नोट एक होऊँ ।

बा-आमा र छोराछोरी मात्रै एक भएर पुग्दैन

दाजु-भाउजू, भिनाजु र सालो एक होऊँ ।

ललिता निवास, टीकापुर र कोरोनाको कमिशन मात्रै एक भएर पुग्दैन

ढाँट, छल, झुट, करतुत कालो एक होऊँ ।

मध्यरात र गोयलको अँगालो एक होऊँ ।

म्युजिकल चियर रेस

प्रधानमन्त्री पालोपालो एक होऊँ ! !

  • साभार : सामाजिक संञ्जालबाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button