हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

संगठन विस्तारलाई तिभ्रता दिंदै राप्रपा तनहुँ : क्षेत्र–प्रदेशदेखि भानु नगरसम्म नयाँ नेतृत्व चयन

प्रहार समाचार । तनहुँ, १३ पुस २०८२ आइतबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतको क्षेत्रीय, प्रदेश सभा ‘क’ र ‘ख’ तथा भानु नगर समितिको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ।

सम्पन्न अधिवेशनबाट राप्रपा तनहुँ क्षेत्र नम्बर १ को अध्यक्षमा देवकुमार पिया (दीपक) चयन भएका छन्। यसैगरी प्रदेश सभा ‘क’ को अध्यक्षमा आईतबहादुर घले र प्रदेश सभा ‘ख’ को अध्यक्षमा दुर्गा बहादुर पन्थ निर्वाचित भएका छन्। दुवै प्रदेश समितिमा २१/२१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको क्षेत्रीय अध्यक्ष पियाले जानकारी दिए ।


अधिवेशनले भानु नगर समितिको नेतृत्वसमेत टुंगो लगाएको छ। भानु नगर समितिको अध्यक्षमा अमृत कुमार श्रेष्ठ चयन भएका छन्। यसअघि नगर कमिटीमा सह–सचिवको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ स्थानीय युवा व्यवसायी तथा समाजसेवीका रूपमा परिचित छन्। पार्टीभित्र मात्र होइन, भानु नगरका नागरिकले पनि उनलाई मिलनसार, निडर र विकासमुखी नेतृत्वका रूपमा लिने गरेका छन्।

नव निर्वाचित नेतृत्वले पार्टी संगठनलाई गाउँ–नगर तहसम्म मजबुत बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने र स्थानीय विकासका मुद्दामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

.


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button