प्रहार समाचार । तनहुँ, १३ पुस २०८२ आइतबार । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका पूर्व डिभिजन प्रमुख हरिदत्त पौडेल तथा शैक्षिक एवं सामाजिक व्यक्तित्व नारायणदत्त पौडेलकी आमा तुलसा पौडेलको ९२ वर्षको उमेरमा भएको निधनप्रति व्यास नगरपालिका–९ डोटेलफाँटमा श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको छ।

वि.सं. १९९० साल मंसिर ६ गते जन्मिएकी पौडेलको यहि पुस ६ गते स्वर्गारोहण भएको थियो । स्व. पौडेलको ९औँ दिनको तिथि पारेर नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँको नेतृत्वमा पूर्व अध्यक्ष ओमकार आचार्य, गण्डकी प्रदेश सदस्य शंकरराज नहर्की लगायतको टोलीले व्यास -९ डोटेलफाँट पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेको हो ।

यसैगरी भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चिजबहादुर दरै, सचिव राजेश्वर हड्खले तथा व्यवस्थापक ईश्वर श्रेष्ठ , एनजिओ नेटवर्क तनहुँको अध्यक्ष प्रताप गुरुङ सहितको टोलीले पनि स्वर्गीय पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको थियो ।

समवेदना व्यक्त गर्ने सबैले स्व. तुलसा पौडेललाई सरल, सहनशील र परिवार तथा समाजप्रति समर्पित व्यक्तित्वका रूपमा स्मरण गरेका छन्। यस दुःखद घडीमा स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै परिवारजन, इष्टमित्र तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना प्रकट गरिएको छ।



























