हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

कर्मचारी मिलन केन्द्र तनहुँको अध्यक्षमा रानाभाट

प्रहार समाचार । तनहुँ, १२ पुस २०८१ शनिवार । जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य र संस्थागत समन्वयलाई थप मजबुत बनाउने उद्देश्यसहित कर्मचारी मिलन केन्द्र तनहुँको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै केन्द्रलाई नयाँ दिशातर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

जिल्ला अदालत तनहुँका जिल्ला न्यायाधीश शम्भु प्रसाद बरालको आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, मिलन केन्द्रका अध्यक्ष विजयकुमार सिंह, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, स्रेस्तेदार नन्दप्रसाद आचार्य, चारवटै सुरक्षा निकायका प्रमुख, प्रमुख कोष नियन्त्रक अशोक खनाललगायत जिल्लास्थित कार्यालय प्रमुख तथा स्थानीय तहका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले कर्मचारी मिलन केन्द्रले सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकारात्मक भूमिका खेल्दै आएको उल्लेख गरे।


अधिवेशनबाट उपाध्यक्षमा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी र सचिवमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी प्रमुख ज्योति आचार्य चयन भएका छन्। यस्तै सदस्यहरूमा भानु नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डे, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयका प्रमुख रविनसन अधिकारी, प्रमुख जिल्ला निर्वाचन कार्यालयका विकास लम्साल, यातायात व्यवस्था कार्यालय तनहुँका प्रमुख गोपाल ओली, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अर्जुन पौडेल र डिभिजन वन कार्यालयका वन अधिकृत अरुण पराजुली सर्वसम्मत चयन भएका छन् ।


सभाले निवर्तमान अध्यक्ष विजयकुमार सिंहलाई मिलन केन्द्रको सल्लाहाकारमा नियुक्त गर्ने निर्णय समेत गरेको छ भने कोषाध्यक्ष र सहसचिव कार्यसमितिबाट मनोनयन गरिने सचिव ज्योति आचार्यले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button