हेडलाईनव्याससमाचारगण्डकी

रास्वपा तनहुँ व्यास–४ को वडा अधिवेशन सम्पन्न : सभापतिमा गुरुङ चयन

प्रहार समाचार । तनहुँ, १२ पुस २०८२ शनिबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तनहुँस्थित व्यास नगरपालिका वडा नं. ४ को वडा अधिवेशन आज दमौलीमा सम्पन्न भएको छ। अधिवेशनले क्या. सिम्ह बहादुर गुरुङ (गोपाल) सर्वसम्मत रूपमा वडा सभापतिमा चयन भएका छन् ।


नवगठित वडा समितिको उपसभापतिमा वसन्त गिरि, सचिवमा उदय राज खनाल चयन भएका छन्। सदस्यहरूमा जीवनलाल श्रेष्ठ, अर्जुन गुरुङ, अमृत बहादुर थापा, सलिम मिया, ज्योति अधिकारी थापा र सीता खनाल रहेका छन्। यस्तै सल्लाहकार समितिको संयोजकमा भाग्यशाली ढुंगाना चयन भएका छन् भने सदस्यहरूमा बुद्धिमान श्रेष्ठ र जगराम गुरुङ रहेका छन्।


व्यास नगर सभापति चूडामणि दाहालको सभापतित्वमा सम्पन्न अधिवेशनमा रास्वपाका जिल्ला सभापति विश्वनाथ बास्तोला लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले वडा तहबाटै जनआधारित राजनीति, सुशासन र उत्तरदायी नेतृत्व विकासमा जोड दिँदै रास्वपाको संगठन विस्तार र जनसम्पर्कलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button