प्रहार समाचार । तनहुँ, १२ पुस २०८२ शनिबार । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

जिल्ला कमिटि बैठक पछि सार्वजनिक गरिएको सिफारिस सूचि अनुसार तनहुँ क्षेत्र नं १ मा प्रत्यक्षतर्फ नेता विद्या ढकाल, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, युवातर्फ व्यास ११ का रामहरि बजगाई, महिलातर्फ कोपिला पोख्रेल र नारायणबहादुर कार्की क्षेत्री सिफारिसमा परेका छन्। त्यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ विनिसा आले, विकास नेपाली, शंकर पोख्रेल, सोमबहादुर थापा र भुपाल थापालाई सिफारिस गरिएको जिल्ला इञ्चार्ज सूर्यबहादुर गौलीले जानकारी दिए ।

यसैगरी पार्टीले समानुपातिक तर्फ खस आर्य महिलाबाट गीता शाही र मीना अधिकारी, मुस्लिम महिलाबाट कलिला खान, दलित महिलाबाट जौमाया बराल सुनार, सहिद परिवारबाट देवचन्द्र अधिकारी, आदिवासी जनजाति तथा सहिद परिवारबाट रामबहादुर थापा, आदिवासी जनजाति पुरुषबाट कुलबहादुर गुरुङ, दलित पुरुषबाट सोमबहादुर नेपाली तथा सिताराम घले परिवार र खस आर्यतर्फ लक्ष्मी पण्डितलाई सिफारिस गरिएको नेकपाले जनाएको छ। हेरौँ सूचि :




























