प्रहार समाचार । तनहुँ, ३ पुस २०८२ बिहीबार । गत जेन्जी आन्दोलनका क्रममा तनहुँ जिल्ला कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले प पक्राउ गरेको छ। फरार अवस्थामा रहेका चोरी मुद्दाका कैदी सुमन परियारलाई व्यास नगरपालिकाको वडा नम्बर ३ बाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको विशेष टोलीले आज साँझ क उनलाई पक्राउ गरेको हो। पक्राउ परेका परियार गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ निवासी २२ वर्षीय युवक हुन्।
पक्राउपछि परियारलाई आवश्यक कानुनी कारबाहीका लागि पुनः तनहुँ जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवण कुमार बी.के.ले जानकारी दिएका छन्। प्रहरीले फरार अभियुक्तको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।



























