प्रहार समाचार । तनहुँ, ३ पुस २०८२ बिहीबार । तनहुँको व्यास नगरपालिका वडा नं -१, विज्ञानचौर, भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसको युवा रेडक्रस सर्कलको ११औँ अधिवेशन तथा साधारण सभा आज सम्पन्न भएको छ। अधिवेशनले मौसमी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै क्याम्पसभित्र मानवीय सेवा, प्राथमिक उपचार र सामाजिक सचेतनाका कार्यक्रमलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा सफल पौडेल, सचिवमा सन्जिप गुरुङ, कोषाध्यक्षमा धनञ्जय पण्डित क्षेत्री, सहसचिवमा सदिक्षा पौडेल र सहकोषाध्यक्षमा सुदिप बस्नेत चयन भएका छन्। त्यस्तै सदस्यमा बसन्त खनाल, दिलिप कार्की, अनिशा थापा, अदित थापा र आयुसा खावास सर्वसम्मत चयन भएका छन्। साथै प्राथमिक उपचार उपसमिति संयोजकमा सदिक्षा अधिकारी, अर्थ सङ्कलन उपसमिति संयोजकमा सुलभ श्रेष्ठ, सूचना तथा सञ्चार उपसमिति संयोजकमा विवश रानाभाट र युरेस आदिकवि भानुभक्त मावि संयोजकमा अर्पणा पन्थ चयन भएकी छन् ।
त्यस अबसरमा सर्कलका निर्वतमान अध्यक्ष सुमन खड्काले नवनिर्वाचित अध्यक्ष, सचिव र कोषाध्यक्षलाई सर्कलको माइनट, छाप तथा आय–व्यय किताब हस्तान्तरण गरे । क्याम्पस सभाहलमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई आजै प्रमाणपत्र वितरण पनि गरियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष केशबहादुर सुनार, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख बिमल गिरी, नेरेसो युवा जुनियर रेडक्रस तनहुँ संयोजक बिमल गिरीलगायत वक्ताहरूले युवा रेडक्रसले मानवीय मूल्य, सेवाभाव र नेतृत्व विकासमा खेल्दै आएको भूमिकालाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए।

त्यस अबसरमा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, सर्कलका पूर्व अध्यक्ष विश्वशेर तिमल्सेना, स्ववियु अध्यक्ष अनुप आले मगरसहित शिक्षक, विद्यार्थी र युवा रेडक्रसका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। निर्वाचन प्रवन्ध समिति संयोजक विष्णु हड्खलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण समितिका सदस्य सुदर्शन पोख्रेलले गरेका थिए ।



























