प्रहार समाचार । तनहुँ, ३ पुस २०८२ बिहीबार । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट तनहुँ जिल्लाका चार जना नेताहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा किरण गुरुङ, केदार सिग्देल, भगवती न्यौपाने र कृष्णकुमार श्रेष्ठ ‘किसान’ निर्वाचित भएका हुन् ।

मत परिणामअनुसार भगवती न्यौपानेले १ हजार ८ सय ७३, किरण गुरुङले १ हजार ६ सय २७, कृष्णकुमार श्रेष्ठ किसानले १ हजार ५ सय ६० र केदार सिग्देलले १ हजार ४ सय ९७ मत प्राप्त गरेका थिए ।
निर्वाचित केन्द्रीय सदस्यहरूले पार्टीको नीति, संगठन सुदृढीकरण र स्थानीय मुद्दालाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन् ।



























