हेडलाईनसमाचारप्रदेश

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

प्रहार समाचार । तनहुँ, ३ पुस २०८२ बिहीबार । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले पहिले तोकिएको धरौटीलाई यथावत् राख्दै रिहाको आदेश दिएको हो।

अदालतले लामिछानेलाई नगद धरौटी १ करोड रुपैयाँ र बैंक ग्यारेन्टी बापतको २ करोड ७४ लाख रुपैयाँ गरी कुल ३ करोड ७४ लाख धरौटीमा छाड्न आदेश गरेको छ। लामिछानेको तर्फबाट बहस गरेका अधिवक्ता दीपेन्द्र झाले अदालतको आदेश सार्वजनिक भएको जानकारी दिएका छन्।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार प्रतिवादी रवि लामिछानेको हकमा पहिलेको धरौटी रकम र बैंक ग्यारेन्टीका आधारमा रिहा गर्ने आदेश भएको हो। अर्का प्रतिवादी छविलाल जोशी बञ्जाडेको हकमा भने निवेदन परेमा पुनर्विचार गर्ने आदेश जारी गरिएको छ।

यसअघि उच्च अदालतकै आदेशअनुसार लामिछाने २०८१ चैत २२ गते काठमाडौंबाट पक्राउ परेका थिए र हाल ललितपुरको नख्खु कारागारमा छन्। सर्वोच्च अदालतले २०८२ जेठ ९ गते उच्च अदालतको आदेशलाई सदर गर्दै तत्काल रिहा गर्न अस्वीकार गरेपछि उनी थुनामै रहेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button