हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

किराँत समुदायले उधौली पर्व मनाउँदै : आज देशभर सार्वजनिक बिदा

प्रहार समाचार । काठमाडौँ, १८ मंसिर २०८२ बिहीबार । मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा किराँत समुदायले आज उधौली पर्व विविध नाम र सांस्कृतिक पहिचानसहित देशभर मनाइरहेका छन्। खस आर्यको धान्य पूर्णिमा र नेवार समुदायको योमरी पूर्णिमासँग भाव मिल्ने यस पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।

याक्खा, सुनुवार, राई र लिम्बू समुदायले क्रमशः चासुवा, फोलस्यादर, उधौली सकेला र चासोक तंगनामका नाममा मनाउने यो उत्सव समग्रमा ‘उधौली’का रूपमा चिनिन्छ। नयाँ अन्नबाली इष्टदेवतालाई अर्पण गर्दै पितृ स्मरण गर्ने यो परम्परा वातावरणअनुकूल जीवनशैलीसँग जोडिएको मानिन्छ।

ललितपुरको ऐतिहासिक सानो हात्तीवन क्षेत्रमा आज विशेष भीड लागेको छ। जातीय भेषभूषामा सजिएर किराँत महिला–पुरुष च्याब्रुङ बाजा र धाननाचका तालमा भूमिपूजास्थल पुगेका छन्। तागेरा निङ्वाफुमाङ, युमासामाङ र थेवासामाङलाई पूजा गरेपछि चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका सांस्कृतिक प्रस्तुति तथा खेलकुद कार्यक्रम हुँदै उत्सव झनै रौनकिलो बनेको छ।

उभौली र उधौलीलाई किराँत समुदायले कृषि चक्र तथा मौसम परिवर्तनसँग जोडेर मनाउने गर्छन्। वैशाखमा उभौली पूजा गरी लेकतिर जाने र मंसिरमा उधौली पूजा सकेर तल झर्ने परम्परा प्रकृतिसँगको सहजीवनको प्रतीक मानिन्छ। खस आर्यको धान्य पूर्णिमा र नेवार समुदायको योमरी पूर्णिमासँग भाव मिल्ने यस पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button