हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको दुर्गा मन्दिर–मादीपुल सडक भासिँदा एकतर्फी चलेको राजमार्ग, चार महिनापछि मर्मत कार्य सुरु

प्रहार समाचार । तनहुँ, १७ मंसिर २०८२ बुधबार । मुग्लिन–पोखरा राजमार्गको तनहुँको व्यास नगरपालिका –३, अन्तर्गत दुर्गा मन्दिर–मादीपुल खण्डमा भासिएको सडकको भाग स्थायी मर्मत कार्य चार महिनापछि तीव्र रूपमा सुरु गरिएको छ। साउन अन्त्यतिर १०० मिटर जति सडक भासिएपछि उक्त खण्ड एकतर्फी सञ्चालन हुँदै आएको थियो, जसले दैनिक सयौँ सवारी साधन आवज जावतमा समस्या उत्पन्न भएको थियो ।

अब आयोजनाले भासिएको स्थानको कालोपत्र पूर्ण रूपमा हटाएर दीर्घकालीन संरचना तयार गर्ने काम अगाडि बढाएको मुग्लिन–पोखरा पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उनका अनुसार पूर्वी खण्डको ४१ दशमलव ५ किलोमिटरमध्ये ८८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। एडीबीको सहयोगमा निर्माण भइरहेको यो परियोजना चीनाको चाइना कम्यूनिकेशन कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ ।

सडक सतह भासिने क्रम रोक्न स्थायी व्राम्भोल्डर, ड्रेनेज सुधार, माटो भर्ने काम र पुनःकालोपत्रका प्रक्रिया चरणबद्धरूपमा अघि बढाइने आयोजनाले जनाएको छ। मर्मत सकिएपछि उक्त खण्ड फेरि सुरक्षित, सहज र दुईतर्फी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button