हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर स्थिर मौसम

प्रहार समाचार । काठमाडौँ, १८ मंसिर २०८२ बिहीबार । देशभर आज कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थिर मौसमी अवस्थामा अधिकांश भूभागमा बिहानैदेखि खुला आकाश देखिएको छ भने दिउँसो केही पहाडी क्षेत्रमा हल्का बदली मात्र विकसित हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहन सक्नेछ। यसबाहेकका अधिकांश स्थानमा मौसम सफा रहने प्रक्षेपण गरिएको छ। राति भने देशभर मौसम मुख्यतः सफा रहने महाशाखाको भनाइ छ।

त्यस्तै, काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ। उपत्यकाको अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।

सामान्यतः स्थिर र शान्त मौसमी स्थिति जारी रहेकाले दैनिक गतिविधिमा कुनै विशेष प्रभाव नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button