हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँ–१ मा एमाले महाधिवेशन संकट गहिरियो : मतपेटिका गायब, विवाद र कुटपिटसम्म

प्रहार समाचार । तनहुँ, १५ मंसिर २०८२ सोमबार । तनहुँ–१ मा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटको मतगणना अस्वाभाविक मत परिणाम, आकस्मिक विवाद र मध्यरातको कुटपिटसँगै पूर्णरूपमा अनिश्चित बनेको छ। बन्दीपुरको मतपेटिका नै गायब भएपछि निर्वाचन प्रक्रियामा समस्या उत्पन्न र बिवाद उत्पन्न भएको छ ।


शनिबार भएको मतदानपछि रातिदेखि सुरु भएको मतगणनामा देवघाट र आँबुखैरेनीको गणना सकेपछि सामान्य शंका देखा परे पनि बन्दीपुर गाउँपालिकाको मत परिणामले विवाद चरमबिन्दुमा पुगेको हो। २५७ मध्ये २४८ मत एउटै उम्मेदवार तर्फ झरेपछि नेताहरूले “यो स्वाभाविक देखिँदैन” भन्दै आपत्ति जनाए। सहभागीहरूको दाबी अनुसार धेरै उम्मेदवार हुँदा मत विभाजन हुने सामान्य हो, तर यति उच्च प्रतिशत ‘कब्जा गरिएको मतजस्तै’ देखिएको हो। यता केहीले भने यसलाई परिणामको स्वाभाविकता भन्दै बचाउ पनि गरे ।

बढ्दो विवादबीच निर्वाचन अधिकृत शिवदत्त ढकालले राति १२ बजे अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेका थिए। तर स्थगनपछि पनि मतपेटिका रहेको कोठाभित्र केही नेताहरू बसेको देखिएको दाबी गर्दै अर्का समूहका कार्यकर्ताहरू राति २ बजे पार्टी कार्यालय पुगे। त्यही क्रममा तनहुँ अध्यक्ष हरि कँडेल र कर्मचारी सुनिल पाण्डेमाथि धकेलधकेलदेखि कुटपिटसम्म भएको हो। विवादकै बीच बन्दीपुरको मतपेटिका गायब भएको आरोप दुवै पक्षले परस्पर लगाएका छन्, तर मतपेटिका कहाँ पुगेको अहिलेसम्म खुल्न सकेको छैन।

यता बन्दीपुर कमिटीले भानु लगायत केही पालिकासँग ‘गोप्य सहकार्य गरेर मत साटासाट’ भएको जानकारी आएको दाबी केही नेताहरूले गर्दै आएका छन्। निरन्तर आरोप–प्रत्यारोप, धाँधली शंका र गायब मतपेटिकाको रहस्य खुल्न बाँकी रहँदा तनहुँ–१ को महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया जटिल मोडमा पुगेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button