प्रहार समाचार । काठमाडौँ, १५ मंसिर २०८१ सोमबार जेनजीका अगुवा रक्षा बमले देश कुनै ‘जादुको छडी’ले चल्ने संरचना नभई लोकतान्त्रिक प्रक्रिया र जनपक्षीय सहभागिताले निर्देशित हुने व्यवस्था भएको बताएकी छन्। उनले विधिको शासन, लोकतान्त्रिक मूल्य–मान्यता र नागरिकको सक्रिय सहभागिता भएर मात्रै राज्य सञ्चालन सबल बन्ने उल्लेख गरेकी छन् ।

बमले संविधान पुनरावलोकनको पक्षमा आफूहरू खुला रहेको बताउँदै बमले त्यसका लागि अनिवार्यरूपमा जनादेश आवश्यक छ भनेर जोड दिएकी छन्। “संविधान संसोधन गर्न चाहने, प्रत्यक्ष निर्वाचित प्रणाली ल्याउन चाहने जो–कोहीले पनि चुनावमा खुला घोषणापत्रसहित भोट माग्नुहोस्, जनताबाट प्राप्त जनादेश लिएपछि मात्रै ती विषय अगाडि बढाउन सकिन्छ,” उनले भनिन् ।
लोकतान्त्रिक विधिलाई नै सबैभन्दा स्वीकार्य मार्ग बताउँदै बमले संवैधानिक व्यवस्था परिवर्तनजस्ता गम्भीर विषयमा व्यापक छलफल र जनमतलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनका अनुसार, जनतासँग प्रत्यक्ष अनुमोदन लिएर अघि बढ्नु नै दीर्घकालीन समाधान हुनेमा जोड दिएकी छन् । ह



























