प्रहार समाचार । (पुर्ण बहादुर गुरुङ ) तनहुँ, १५ मंसिर २०८२ सोमबार । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद आँबुखैरेनी ईकाई समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन हालै आँबुखैरेनीमा सम्पन्न भएको छ।

अधिवेशनको उद्घाटनगर्दै परिषदका तनहुँ जिल्ला संगठन सचिव तथा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिँ तमुले एकता, पहिचान संरक्षण र संगठनिक विस्तारमा अधिवेशनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा डोल्मा क्रोंन्जस्यो तमु, खेगी घ्याप्री पृथ प्रु तमु, खेगी घ्याप्री दिपक कोके तमुसहितका वक्ताहरूले तमु समुदायको सांस्कृतिक संरक्षण, संगठन सुदृढीकरण र युवाको सक्रिय सहभागितामा जोड दिएका थिए।
कार्यक्रममा जिल्ला प्रचार–प्रसार सचिव कुमार काजी तमु, सदस्य रेशम तमु, तमु प्ये ल्हु संघ आँबुखैरेनी ईकाई अध्यक्ष खेगी घ्याप्री पृथ प्रु तमु, सल्लाहकार खेगी घ्याप्री दिपक कोके तमु, निति बहादुर क्लेउच तमु, बिरु त्हारस्यो तमु, तमुस्यो ह्युल छोंज धीका ईकाई अध्यक्ष डोल्मा क्रोंन्जस्यो तमु, नेपाल तमु विद्यार्थी छोंज धीका ईकाई अध्यक्ष अमर बाबु तमुसहित विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण ईकाई सचिव राजेन्द्र चोर्मी तमुले गरेका थिए।

दोस्रो अधिवेशनबाट पुनः पूर्ण बहादुर तमुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ नेतृत्वले आगामी कार्यकालमा संगठनलाई थप सक्रिय रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएको छ। ईकाई अध्यक्ष पूर्ण बहादुर तमुको सभापतित्वमा सम्पन्न कार्यक्रम सफलता र उत्साहपूर्वक समापन भएको आयोजकले जनाएको छ।




























