हेडलाईनसमाचारगण्डकीऋषिङ

इन्जिनियर न्यौपानेद्धारा शिव सरस्वती मा.वि.मा स्मार्ट बोर्ड हस्तान्तरण

प्रहार समाचार । तनहुँ, ३० कात्तिक २०८२ आइतवार । तनहुँको ऋषिङ–८, हवेलीडाँडास्थित शिव सरस्वती माध्यमिक विद्यालयमा इन्जिनियर श्रीराम न्यौपानेले स्मार्ट बोर्ड र फ्यालेट बोर्ड हस्तान्तरण गर्दै ग्रामीण शिक्षामा आधुनिक प्रविधिको नयाँ आयाम थपिदिएका छन्। भिजन टु एक्सन कार्यक्रमअन्तर्गत गरिएको यो सहयोगले गाउँका विद्यार्थीलाई सहरकै जस्तै गुणस्तरयुक्त र प्रविधिमैत्री सिकाइमा जोड्ने अपेक्षा गरिएको छ।

कार्यक्रममार्फत प्राप्त स्मार्ट बोर्ड विशेष रूपमा कक्षा १० का विद्यार्थीहरूको लागि उपयोग गरिनेछ। यस प्रविधिमा आधारित शैक्षिक प्रणालीले विद्यार्थीहरूलाई दृश्य–श्रव्य माध्यममार्फत अध्यापन सामग्री बुझ्न सहज बनाउनेछ। साथै, काठमाडौँको बुढानिलकण्ठ जस्ता प्रतिष्ठित विद्यालयसँग प्रत्यक्ष अनलाइन कक्षा सञ्चालन हुने भएकाले ग्रामीण क्षेत्रका विद्यार्थीले अनुभवी शिक्षकबाट प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउनेछन्।

स्थानीय तहमा प्रविधिको नियमित पहुँच अभाव बीच आएको यो पहलले विद्यालयको पठन–पाठन पद्धतिमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ। अभिभावक र शिक्षकहरूले प्रविधियुक्त कक्षाकोठाले विद्यार्थीहरूको सिकाइ उत्साह र शैक्षिक प्रतिस्पर्धात्मकता वृद्धि गर्ने बताएका छन्। स्मार्ट बोर्डको प्रभावकारी प्रयोगसँगै शिव सरस्वती मा.वि.ले ग्रामीण भेगमै आधुनिक शिक्षाको बलियो उदाहरण प्रस्तुत गर्ने आशा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर श्रेष्ठले बताए । छ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button