व्यासहेडलाईनसमाचारगण्डकी

नेपाल स्काउट तनहुँको संयोजकमा शिक्षक तिवारी

प्रहार समाचार । तनहुँ, ३० कात्तिक २०८२ आइतवार । नेपाल स्काउट तनहुँको संयोजक ( आयुक्त ) को जिम्मेवारी शिक्षक कृष्ण प्रसाद तिवारीलाई प्रदान गरिएको ।

राष्ट्रिय कार्यकारी समितिको २०८२ साल कात्तिक २५ गतेको बैठकले नेपाल स्काउट नियमावली परिच्छेद ५ को नियम ७ बमोजिम जिल्ला स्काउट समन्वय समिति (तदर्थ समिति) गठनको निर्णय गरेको थियो । सोहीअनुसार तनहुँमा तिवारी संयोजक चयन भएका हुन् ।

गण्डकी प्रदेशअन्तर्गत अन्य जिल्लामा समेत संयोजकहरू मनोनयन भएका छन् । गोरखामा अर्जुन श्रेष्ठ, कास्कीमा ईश्वर प्रसाद कर्मचार्य, पर्वतमा बसन्त कुमार कर्मचारी, मनाङमा पेम छिरिङ गुरुङ, म्याग्दीमा विनय श्रेष्ठ, नवलपुरमा जनार्दन पौडेल, स्याङ्जामा अर्जुन सुवेदी, लमजुङमा तिर्थराज गुरुङ र बागलुङमा विष्णु प्रसाद गैरे संयोजक चयन भएका छन् ।

नियुक्तिपछि तनहुँ संयोजक तिवारीले स्काउट परिवारप्रति आभार व्यक्त गर्दै आफूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले नेपाल स्काउट राष्ट्रिय समिति, गण्डकी प्रदेश स्काउट आयुक्त सागर पौडेल तथा विभिन्न तहका पदाधिकारीप्रति धन्यवाद व्यक्त गर्दै अन्य जिल्लाबाट मनोनित भएका स्काउट लिडरहरूलाई सफल कार्यकालको शुभकामना समेत दिए ।

तिवारीले स्काउट आन्दोलनको सुदृढीकरण तथा जिल्लास्तरीय संयोजनमा सक्रिय भूमिका निर्वाह गर्दै संगठनलाई अझ सबल बनाउने लक्ष्य व्यक्त गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button