हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशका विभिन्न भागमा गएरातिदेखि नै वर्षा र हिमपात सुरु

प्रहार समाचार । काठमाडौँ, ११ कात्तिक २०८२ गलवार । पश्चिमी वायु सक्रिय हुँदै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा गएरातिदेखि नै वर्षा र हिमपात सुरु भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिनभर गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने बागमतीसहितका अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा पनि मौसम बिग्रिने देखिएको छ। विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रहरूमा ठूलो वर्षा र बाक्लो हिमपातको जोखिम रहेको बताइएको छ।

महाशाखाका अनुसार पश्चिमी वायु र अरब सागरको प्रभाव कात्तिक १२ गते बिहानसम्म रहनेछ। यस अवधिमा निरन्तर वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, पर्यटन तथा पर्वतारोहण गतिविधिमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button