प्रहार समाचार । संखुवासभा, ११ कात्तिक २०८२ मङ्गलवार । संखुवासभा जिल्लाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रहरूमा स्पष्ट रूपमा महसुस गरिएको थियो।

७ बजेर ३२ मिनेटमा गएको समयमा ४.३ म्याग्निच्युडको कम्पनले स्थानीय बासिन्दा केही समय आत्तिएका थिए भने कतिपय विद्यालय र कार्यालयका कर्मचारीहरू सुरक्षित स्थानतर्फ निस्किएका थिए। तर भूकम्पको तीव्रता धेरै नहुँदा जनधनको क्षतिको अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन ।
संखुवासभा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायहरूलाई सतर्क रहन र सम्भावित पराकम्पनप्रति सचेत रहने आग्रह गरेको छ। केन्द्रले आगामी केही दिन क्षेत्रीय भूकम्पीय गतिविधिमा निगरानी बढाउने जनाएको छ।



























