हेडलाईनसमाचारविजनेसप्रदेश

सुन र चाँदीको मूल्यमा गिरावट

प्रहार समाचार । काठमाडौं,९ कत्तिक २०८२ आइतवार । :अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय र चाँदीको मूल्य रु ३ हजार १५ रुपैया कायम भएको छ। तिहारप iछि सुन प्रतितोला ११ हजार ६ सय र चाँदी २ सय ६५ रुपैयाले सस्तो भएको महासङ्घले जनाएको छ।

यसअघि कात्तिक ३ गते सुन प्रतितोला रु २ लाख ५३ हजार ५ सय र चाँदी प्रतितोला ३ हजार २ सच ८० मा कारोबार भइरहेको थियो। छोटो अवधिमै आएको यो गिरावटपछि बजार केही अस्थिर देखिएको छ। व्यवसायीहरूले मूल्यमा निरन्तर उतारचढाव रहँदा खरिद–बिक्री सुस्त भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार १ सय १३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी डलर बलियो हुनु र विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु नै मूल्य घटाउने मुख्य कारण भएको विश्लेषकहरूको भनाइ छ। नेपालमा भने आगामी विवाह सिजनले पुनः माग बढाउने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button