हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको दमौलीमा विश्व ॐकार महामिलन सुरु : वैदिक केन्द्रका रूपमा व्यासभूमि स्थापित गर्ने लक्ष्य

प्रहार समाचार । तनहुँ, १ कात्तिक २०८२ शनिवार । व्यास ऋषिको तपोभूमि दमौलीलाई वैश्विक वैदिक धर्मको केन्द्रका रूपमा चिनाउन ‘विश्व ॐकार तथा हिन्दू महामिलन पर्व’ आजदेखि सुरु भएको छ। वेदअनुयायी प्रतिष्ठान नेपालको आयोजनामा व्यासगुफा परिसरमा सुरु भएको यो पर्व कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। पर्वमा वेद, पुराण पाठ, रुद्री, चण्डी, ग्रहशान्ति, कालसर्प निवारण, गङ्गा आरती र हरिनाम संकीर्तनजस्ता कार्यक्रम दैनिक हुने प्रतिष्ठानका अध्यक्ष पं कृष्णकान्त काफ्लेले बताए ।

पर्वको अवसरमा कात्तिक ९ देखि १७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुनेछ भने भूमिपूजन, १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ र अखण्ड हरिनाम संकीर्तनजस्ता तयारीहरू पूरा भइसकेका छन्। आयोजकहरूका अनुसार यो अभियानले दमौलीलाई हिन्दूहरूको आध्यात्मिक तीर्थस्थलका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

व्यासभूमिको ऐतिहासिकता र अध्यात्मिक महत्वबारे चर्चा गर्दै व्यासका अध्येता काशिनाथ न्यौपानेले यसलाई ‘पृथ्वीको आध्यात्मिक नाभी’को संज्ञा दिए । वेदव्यासले वेद, महाभारत र भागवत पुराणको सृजना यहीँ गरेकाे उल्लेख गर्दै सङ्कल्प कर्ता शान्ति स्वरूपानन्द दामोदर बाबाले व्यासगुफा हिन्दू धर्मका लागि मक्का–मदिना वा भेटिकन सिटीसरह केन्द्रीय तीर्थस्थल बन्न सक्ने उल्लेख गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button