हेडलाईनसाहित्यप्रदेशमनोरञ्जन

प्रहार साहित्य : कविता ‘ ‘खाली भ‌ए घर र धन्सार’

खाली भ‌ए घर र धन्सार, बाँझो घरबारी
आँगन करेसा सबैतिर, वनमाराको घारी।
छोरा ग‌ए खाडी मुलुक, छोरी डाँडापारी
बुढा भ‌का बा आमा नि ग‌ए घाटै तारी।।

घरको छानो धरधर चुहियो, चिरा पर्यो भित्तो
एउटा दुईटा गर्दागर्दै, गाउँ नै सबै रित्तो।
साँझ विहानको रमझम गयो, हट्यो सबै रन्को
विरानो यो गाउँमा अब लाउला कसले फन्को?

(• डा. सेढाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,नेफ्रोलोजी विभाग, वीर अस्पतालकाठमाडौंका प्राध्यापक हुन्। )


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button