हेडलाईनसमाचारप्रदेश

सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल

• बिजय अधिकारी संवाददाता ) । काठमाडौं, ९ असोज २०८२ बिहिवार । नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खरेललाई औपचारिक रूपमा सरकारको प्रवक्ताका रूपमा तोक्ने निर्णय गरेको हो ।

मन्त्री खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्। उनले सरकारको आधिकारिक धारणा सञ्चारमार्फत प्रस्तुत गर्ने जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई दिने निर्णय भएको जानकारी दिए।

सरकारका हरेक गतिविधि, नीति तथा निर्णयहरू प्रभावकारी रूपमा सार्वजनिक गर्ने उद्देश्यले प्रवक्ताको भूमिका थप सशक्त बनाउने योजना रहेको बताइएको छ। नयाँ प्रवक्ताको जिम्मेवारीसँगै खरेलले सञ्चार सेतुका रूपमा सरकार र जनताबीचको सम्पर्क सुदृढ पार्ने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button