प्रहार समाचार । श्रीलङ्का, ९ असोज २०८२ बिहिवार । श्रीलङ्काको उत्तर–पश्चिमी पहाडी क्षेत्रमा रहेको विशाल ना उयाना वन मठमा बुधबार राति भएको केबलकार दुर्घटनामा सात विदेशी बौद्ध भिक्षुको मृत्यु भएको छ। ध्यानकक्षतर्फ जाँदै गरेका ती भिक्षुहरू सानो अस्थायी क्याबिनमा सवार थिए, जुन केबल टुटेपछि पहाडबाट तल खसेको प्रहरीले जनाएको छ।

केबलकारमा १३ जना भिक्षु सवार थिए। दुर्घटनापछि दुई जना सामान्य घाइते अवस्थामै बाहिर निस्कन सफल भए भने अन्य चार गम्भीर घाइते भएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार अचानक केबल टुट्दा क्याबिन उच्च गतिमा तल खसेको थियो।
मृतकहरू भारत, रुस र रोमानियाका नागरिक रहेको पुष्टि भएको छ। दुर्घटनापछि उद्धार कार्य र घटनाबारे विस्तृत छानबिन जारी छ। ध्यानस्थल अन्तर्राष्ट्रिय धार्मिक स्थलका रूपमा परिचित भएकाले त्यहाँ विदेशी भिक्षुहरूको उपस्थिति नियमित रहन्छ। यो दुर्घटनाले नेपालमा संञ्चालित केवलकारको विषयमा पनि आशङ्का उत्पन्न गराएको छ।


























