हेडलाईनसमाचारगण्डकी

लमजुङमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा

• बिजय अधिकारी संवाददाता ) । लमजुङ, ९ असोज २०८२ बिहीवार । लमजुङमा दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वका अवसरमा यात्रुहरूको सहजता, सुरक्षा र सेवा सुनिश्चित गर्न लमजुङका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले ट्राफिक प्रहरीको सहकार्यमा असोज ६ गतेदेखि सञ्चालनमा ल्याएका यी कक्षहरूबाट यात्रुहरूलाई आवश्यक सूचना, सहायता तथा समस्या समाधान सेवाहरू प्रदान गरिँदै आएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रेशम बोहोराका अनुसार चाडपर्वमा हुने भीडभाडका कारण यात्रुहरू ठगिने, सामान हराउने, असहज यात्रा लगायत समस्या न्यूनीकरण गर्न सहायता कक्ष स्थापना गरिएको हो। बेंसीसहरको शेराबजार र रानीकुवा, सुन्दरबजारको सीउँडीबार, पाउँदी, खत्रीठाँटी, मध्यनेपालको पाखुरीचोक र दुईपिप्ले, र राइनासको धमिलीकुवा क्षेत्रमा कक्ष स्थापना गरिएको छ।

चाडपर्वमा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्लाभरि ३ सय २० जना प्रहरी परिचालन गरिएको डिएसपी बोहोराले जानकारी दिए। उनका अनुसार पिकेट, पैदल गस्ती, मोबाइल गस्ती, ग्रामीण गस्ती तथा दैनिक छड्के चेकजाँचका कार्यक्रम लागू गरिएको छ, जसबाट यात्रुहरूको सुरक्षामा थप मजबूती आउने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button