हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

‘यमबुद्ध स्केटपार्क’ निर्माण तीव्र गतिमा : तीन वर्षपछि सपना साकार हुँदै

प्रहार समाचार । काठमाडौँ, ९ असोज २०८२ बिहीवार । काठमाडौं महानगरपालिकाको तीन वर्षदेखिको प्रयासपछि यमबुद्ध स्केटबोर्ड पार्कको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। काठमाडौं–५, पहेलो पुलस्थित १३ रोपनी सरकारी जग्गामा निर्माणाधीन पार्कको करार रकम झन्डै ६ करोड ७१ लाख रुपैयाँ (भ्याट र पीएससहित) रहेको छ। निर्माण ठेक्का सानु सुवाल–पवन जेभीले लिएको छ भने सम्झौता मिति २०८१ जेठ २५ राखिएको छ। कार्य सम्पन्न मिति २०८३ जेठ ३१ तोकिएको छ।

शुरुआती चरणमा वडा नं. १६ मा पार्क निर्माण गर्ने योजना तय भए पनि तत्कालीन वडा अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि जग्गा प्राप्त गर्न नसकिएको महानगरले जनाएको छ। त्यसपछि वैकल्पिकरूपमा अन्य दुई स्थानमा प्रयास गरिए पनि जग्गा अभावकै कारण योजना अघि बढ्न सकेन। अन्ततः वडा नं. ५ का अध्यक्ष बिरेन्द्र प्रजापति र स्थानीयको पहलमा सुरक्षित सरकारी जग्गा प्राप्त भएपछि २०८१ जेठ २९ देखि निर्माण कार्य औपचारिक रूपमा सुरु भएको हो।

हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको पार्कमा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ संरचना (र्याम्प्स, बोल्स र स्ट्रिट्स), बालबालिकाका लागि खेलमैदान, ओपन जिम, ट्वाइलेट ब्लक र भलिबल कोर्ट निर्माण हुँदैछ। महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत यो परियोजना केवल खेलकुद मात्र नभई युवा संस्कृति, कला र समुदायलाई एकसाथ जोड्ने साझा थलो बन्ने उल्लेख गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button