प्रहार समाचार । धादिङ, ९ असोज २०८२ बिहीवार । लगातारको वर्षापछि पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। बुधबार राति धुनिवेशी नगरपालिका–१ स्थित ठूलोखोला–धार्के–सितापाइला खण्ड र बेनिघाट रोराङ गाउँपालिका–१० को बाँदरे मोडमा पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार बिहानै पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको हो। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा रातभरै राहत तथा सफाइ कार्य जारी रहेको थियो।
पहिरो हटाइएपछि अहिले दुवै दिशामा सवारी आवागमन सुचारु भएको प्रहरीले जनाएको छ। पानी परिरहेकाले यात्रुहरूलाई सतर्कता अपनाउन र आवश्यक सावधानीका साथ यात्रा गर्न अनुरोध गरिएको छ।


























