प्रहार समाचार । काठमाडौँ, ८ असोज २०८२ बुधवार । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। आज भएको पार्टीको विस्तारित केन्द्रीय समितिको बैठकमा उनले आफ्नो निर्णय सार्वजनिक गरे ।

राजीनामा दिएका बाबुराम भट्टराईले जेनजी आन्दोलनको पक्षमा आफनो समर्थन सार्वजनिक गरेपछि परम्परागत दलका नेताहरूसँगको सम्बन्ध जटिल बनेको थियो। यसैबीच, पार्टीले फागुन महिनामा विशेष महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। महाधिवेशनको तयारीको लागि दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ।
२०८१ सालको फागुन महाधिवेशनमा बाबुराम भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका थिए, तर सात महिनामै उनले पद त्याग गरेका छन्।


























