हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा दसैं, तिहार र छठका अवसरमा यात्रु सहायता कक्ष सञ्चालनमा

प्रहार समाचार । तनहुँ, ८ असोज २०८२ बुधवार । नेपालीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा यात्रुहरूको सहजता र सुरक्षालाई मध्यनजर गर्दै तनहुँ जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले असोज ६ गतेदेखि ट्राफिक प्रहरीको सहभागितामा सञ्चालनमा ल्याइएका सहायता कक्षमार्फत यात्रुहरूलाई आवश्यक सेवा तथा जानकारी प्रदान गरिँदै आएको जनाएको छ।

यात्रु सहायता कक्षहरू ब्यास नगरपालिका वडा नं. ४ ट्राफिक चोक, शुक्लागण्डकी नगरपालिका वडा नं. ४ बेलचौतारा, आबुखैरेनी गाउँपालिका वडा नं. ३ आबुखैरेनी चोक, भिमाद नगरपालिका वडा नं. ७ भिमाद बजार, बन्दिपुर गाउँपालिका वडा नं. ४ डुम्रे बजार, र भानु नगरपालिका वडा नं. ९ मा स्थापना गरिएको हो। यी कक्षहरूमार्फत यात्राका क्रममा पर्न सक्ने समस्या समाधानमा सहयोग पुग्ने विश्वास लिइएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष बिकले यात्राको समयमा कुनै समस्या परेमा नजिकैको सहायता कक्षमा सम्पर्क गरी समन्वय गर्न यात्रुहरूलाई अनुरोध गरेका छन्। चाडपर्वमा यात्रुहरूको भीड बढ्ने भएकाले सहायता कक्षले जनसहयोगमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button