हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : तीन प्रदेशमा वर्षा हुने

प्रहार समाचार । काठमाडौँ, ८ असोज २०८२ बुधवार । आज देशका तीन प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

विभागका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुले मौसममा प्रभाव पारिरहेको छ। यसकै कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार रातिको मौसमसमेत पूर्णरूपमा सफा रहने देखिएको छैन। पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा तथा तराईका एक/दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने देखिएकोले सवारी–सञ्चार, बाढी–पहिरो र दैनिक जनजीवनमा पर्ने सम्भावित असरप्रति सचेत रहन विभागले आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button