हेडलाईनसमाचारप्रदेश

पहिरोले नारायणगढ–मुग्लिन सडक ठप्प : खुल्न दिनभर समय लाग्ने

प्रहार समाचा । ८ असोज २०८२ बुधवार । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ठूलो पहिरो खसेपछि हिंजोदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबार साँझ ४:५० बजे गएको पहिरोले दुईतर्फी आवागमन ठप्प पारेको हो।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउन आज दिनभर लाग्नेछ भने माथिबाट थप पहिरो खस्ने खतरा कायमै छ। चाडपर्वको मुखमा यात्रुहरूले सास्ती बेहोरिरहेका छन्, र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

स्थिति बारे जानकारीका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सडक डिभिजन भरतपुरका सूचना अधिकारीहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ। निरन्तर पहिरो झर्न थालेपछि तुइनखोला जोखिमयुक्त पहिरो क्षेत्रका रूपमा चिनिन थालेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button