हेडलाईनसमाचारप्रदेश

मन्त्रालयकै एउटा कोठामा मन्त्री पुन बस्ने : खाना पकाउने कोठाको व्यवस्थापन गरियो

प्रहार समाचार । काठमाडौँ, ७ असोज २०८२ मङ्लवार । , शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबहालीलगत्तै आफ्नो कार्यशैलीबाट सबैको ध्यान खिचेका छन्। सपथ ग्रहण गरेपछि उनी सिधै मन्त्रालय पुगे र मन्त्रीको लागि छुट्टै क्वार्टर आवश्यक नरहेको जनाउँदै मन्त्रालयमै बस्ने इच्छा व्यक्त गरे। मन्त्री पुनले सचिवलाई मन्त्रालयमै एउटा सानो भान्सा र सुत्ने कोठाको व्यवस्था गर्न निर्देशन दिएका थिए। मन्त्री पुनका लागि खरिद गरिएका भान्छाका सामाग्रीहरु :

उनको मागअनुसार मन्त्रालयमा आवश्यक भान्सासम्बन्धी सामग्रीहरू तीनवटा प्लास्टिकका बाल्टी, प्लास्टिकको जग, खाना पकाउने ग्याँस चुल्हो, कुकर, पानी तताउने भाँडो, टेबल, र ग्यास सिलिन्डर र एउटा कुर्चीको व्यवस्था गरिएको छ। यस्तो सादगीपूर्ण जीवनशैली अंगाल्दै उनी मन्त्रालयभित्रै बस्न तयार भएका हुन्। जुन हालका मन्त्रीहरूको जीवनशैलीभन्दा बिल्कुलै फरक छ। उनले खाना आफै पकाउने बताएका छन्।

अत्यन्तै साधारण स्वभावका मन्त्री पुनले आफू चौबिसै घण्टा मन्त्रालयमै बसेर काम गर्ने, र थकाइ लागेपछि त्यहीँ सुत्ने बताएका छन्। उनको यस्तो कर्मठता र निष्ठा जनताका लागि प्रेरणादायी बनेको छ भने सरकारी पदधारीहरूका लागि एउटा सकारात्मक सन्देश पनि बनेको छ । ह


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button