हेडलाईनसमाचारगण्डकी

गण्डकीमा ४ सय ६१ कैदी अझै फरार, विशेष सुरक्षा अपरेशनको तयारी

प्रहार समाचार । तनहुँ, ७ असोज २०८२ मङ्गलवार । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ता आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका कैदी बन्दिहरूमध्ये हालसम्म ७ सय ३४ जना फिर्ता भएका छन्, भने ४ सय ६१ जना अझै फरार छन्।

कारागार तोडी भागेका १ हजार १ सय ९५ मध्ये अधिकांश कास्की, तनहुँ, म्याग्दी र पर्वतका थिए। गण्डकी प्रदेश प्रहरी कार्यालयका पोखराका सूचना अधिकारी प्रहरी बरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीका अनुसार कैदीहरू आफैं फर्किनुका साथै केहीलाई नियन्त्रणमा लिइएको हो।

कास्की कारागारबाट भागेका ७ सय ७३ मध्ये ३ सय ८१, तनहुँका ३ सय२७ मध्ये २ सय ७६, म्याग्दीका ७६ मध्ये ६७ र पर्वतका १९ मध्ये १० जना फिर्ता भइसकेका छन्। हाल कास्कीका ३ सय ९२, तनहुँका ५१ तथा म्याग्दी र पर्वतका ९–९ जना कैदी फरार छन्। सराङकोटस्थित बाल सुधारगृहबाट भागेका १ सय ६ बालबन्दीमध्ये ४६ जना मात्र फिर्ता भएका छन्। प्रहरीका अनुसार फरारको खोजी कार्य जारी छ र जिल्लास्तरीय प्रहरी कार्यालयहरू सक्रिय छन्।

कारागार व्यवस्थापन विभागले आफैं नफर्किने कैदीहरूलाई फिर्ता गर्न विशेष सुरक्षा अपरेशनको तयारी थालेको छ। सर्वसाधारणलाई पनि फरार कैदी वा थुनुवा देखेमा नजिकको प्रहरी वा कारागार कार्यालयमा खबर गर्न आग्रह गरिएको छ। प्रदेशका अन्य केही कारागारबाट भाग्ने प्रयास भए पनि कडा सुरक्षा व्यवस्थाका कारण सफल हुन सकेका थिएनन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button