हेडलाईनसमाचारप्रदेश

कोदारी सडक खुलेपछि तातोपानी नाका सञ्चालनमा : चाडपर्वको सामान ओसार्न सहज

प्रहार समाचार । काठमाडौँ, ७ असोज २०८२ सोमवार । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीतर्फ जाने कोदारी राजमार्ग सोमबारदेखि सञ्चालनमा आएको छ। भोटेकोशी गाउँपालिका–२ अन्तर्गत कोदारी र इर्कु सहितका पाँच स्थानमा पहिरो हटाएपछि सडक सुचारु गरिएको हो। नाका खुलेसँगै दशैंका लागि सामान बोकेका कन्टेनरहरू नाकामा ओहोरदोहोर गर्न थालेका छन्।

ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ नेतृत्वको टोलीले पहिरो स्थलमै पुगेर सडकको अवस्था निरीक्षण गरेको छ। पहिरो प्रभावित क्षेत्रमा दीर्घकालीन समाधानका उपायहरू र बस्तीको सुरक्षाबारे स्थानीयसँग छलफल गरिएको बताइएको छ।

पहिरो हटाउने काममा सुरुमा केही स्थानीय अवरोध देखिएपछि मन्त्री घिसिङले सम्बन्धित पक्षलाई समन्वयका लागि आफ्नै निवासमा बोलाएका थिए। सरकारी पहलपछि काम अघि बढेको हो, जसले चाडपर्वमा व्यापारिक आवागमन सहज बनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button