हेडलाईनसमाचारगण्डकीऋषिङसबै प्रदेश

‘पुस्तक बेचेर परोपकार : कमलबहादुर आलेको नयाँ अभियान ‘ऋषिङ’को चिनारीसँगै सहाराविहिनको सहारा’

प्रहार समाचार । तनहुँ, १ असोज २०८२ बुधवार । विपन्न र असहाय नागरिकका लागि पुस्तकको कमाइबाट सहयोग गर्ने सपना बोकेर अगाडि बढेका छन् झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आले। आफ्नै खर्चमा ‘नेपालमा ऋषिङको परिचय’ नामक पुस्तक प्रकाशनको तयारीमा जुटेका आलेले यस पुस्तकमार्फत ऋषिङ गाउँपालिकाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पक्ष उजागर गर्दै त्यसको आम्दानी असहायहरूका जीवनमा आशाको ज्योति बाल्ने उद्देश्य राखेका छन् ।

“पालिकाका सबै वडामा रहेका असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकालाई प्रत्यक्ष लाभ पुर्‍याउने गरी योजना बनाएको छु,” आलेले प्रहार समाचारसँग भने। पुस्तक विक्रीबाट प्राप्त रकम कोषमा जम्मा गरिनेछ, जसको उपयोग वार्षिक रुपमा आश्रयस्थलको व्यवस्थापनमा हुनेछ।

ऋषिङ गाउँपालिकासँग सहकार्य गर्दै असहाय र सहाराविहिनहरूको तथ्याङ्क संकलनको काम पनि सुरु गरिएको उनले जानकारी दिए। यो अभियानले दीर्घकालीन रूपमा स्थायी सामाजिक सुरक्षाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

पहिले पनि कमलबहादुर आले नेतृत्वको प्रतिष्ठानले विपन्न ज्येष्ठ नागरिकलाई विद्युतीय चुलो, न्यानो कपडा, निःशुल्क स्वास्थ्य परीक्षणजस्ता सेवाहरू प्रदान गर्दै आएको छ। अब भने उनी ‘पठन’ र ‘परोपकार’लाई एकै मञ्चमा जोड्दै समाजसेवामा नयाँ आयाम थप्न लागेका छन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button