हेडलाईनसमाचारगण्डकीऋषिङ

तनहुँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधिको उदाहरणीय कार्य

प्रहार समाचार । तनहुँ, १८ भदौ २०८२ बुधवार । तनहुँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधिहरूले शुक्ला माध्यमिक विद्यालय, ऋषिङ–१ बेल्टारमा अक्षयकोष स्थापना गरी सामाजिक उत्तरदायित्वको अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्। तस्बिरहरु : प्रहार अनलाईन मिडिया

दीर्घकालीन सोचसहित स्थापित उक्त कोषबाट प्राप्त ब्याज विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा खर्च गरिनेछ। कुल १ लाख १ हजार रुपैयाँको अक्षयकोष विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रूपमा आज हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले हरेक वडाका एक-एक उत्कृष्ठ विद्यालयमा यस्तै कोष स्थापना भइसकेको जानकारी दिँदै अब स्वास्थ्य क्षेत्रमा पनि देखिने खालका दीर्घकालीन परियोजना सञ्चालन गरिने उल्लेख गरे। “विकास भनेको केवल संरचना निर्माण होइन, अवसरको पहुँच पुर्‍याउनु हो,” उनले भने ।

वडा नं. १ का अध्यक्ष कुश बहादुर थापाले सबै जनप्रतिनिधिबाट एक महिनाको तलब अक्षयकोषमा प्रदान गरिने जनाउँदै, शिक्षा परिवर्तनको बाहक भएकाले सानै भएपनि यो कदम चालिएको उल्लेख गरे । कार्यपालिकाका सदस्य सबिना राना, प्रवक्ता विजय दरै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा नेपाली, प्रधानाध्यापक केशर थापा मगर लगायतले पालिकाको कदमको प्रशंसा गरेका थिए ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button