हेडलाईनव्याससमाचारगण्डकी

मुख्यमन्त्री पाण्डेको आह्वान : युवाले देशमै केहि गर्न सक्ने आत्मविश्वास राखौं

प्रहार समाचार । तनहुँ, १४ भदौ २०८२ शनिवार । गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले नेपाली युवालाई सकारात्मक सोच र आत्मविश्वासको आवश्यकता रहेको बताएका छन्। उक्त कुरा मन्त्री पाण्डेले तनहुँको सदरमुकाम दमौलीमा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन २०१५ को आज उद्घाटन गर्दै बताएका हुन्। उनले युवाहरुलाई ‘म नेपालमा केहि गर्छु र गर्न सक्छु’ भन्ने मानसिकता अपनाउन आग्रह गरे। यसले नेपालको सामाजिक र आर्थिक विकासमा नयाँ दिशा दिन सक्ने उनले उल्लेख गरे।

मुख्य मन्त्री पाण्डेले हालको समाजमा ‘नेपालमा केहि भएन, हुँदैन’ भन्ने नकारात्मक सोच बढिरहेको र यो प्रवृत्तिले युवाहरुको क्षमतामा रोकावट पुर्याउने बताएका छन्। पाण्डेले थपे, “हामीलाई एउटा सशक्त र सकारात्मक मानसिकतासाथ अघि बढ्नु आवश्यक छ, जसले भविष्यमा प्रगति र परिवर्तनको नयाँ बाटो पहिल्याउन सकोस ।’

मन्त्री पाण्डेले गण्डकी प्रदेशले युवाहरुलाई लक्षित गर्दै विविध कार्यक्रमहरु संचालन गरिरहेको पाण्डेले बताए। उनका अनुसार, प्रदेश सरकारले युवा विकासका लागि आगामी योजनाहरु तयार पारेको छ, जसले युवाहरुलाई प्रोत्साहन दिनेछ।

कार्यक्रममा गण्डकी प्रदेशका सभासद अशोक कुमार श्रेष्ठ, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, सम्मेलनका सभापति एलिना महर्जन, जेसिज व्यास नगर सभापति सुमित ढुङ्गाना लगायतले ग युवाहरु आसावादी भएर विधिको साशन, सकारात्मक सोच र आशावादी भएर मातृभूमिको सेवामा लाग्नु पर्नेमा जोड दिए । कार्यक्रम जेसिज व्यास नगरका पूर्व सभापति स सुरेश पुरीले सहजिकरण गरेका थिए। सात सय बढि जेसिज सदस्य एवं पदाधिकारीहरुको सहभागिता रहेको सम्मेलन भोलि सम्म चल्ने छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button