हेडलाईनसमाचारगण्डकी

बेसिशहर नपाका प्रमुख प्रशासकिय अधिकृत अधिकारीलाई स्वागत

• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, १४ भदौ २०८२ शनिवार । लमजुङको बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीलाई दुराडाँडा-बेसीशहर समाजले आज सम्मान तथा स्वागत गरेको छ।

कार्यक्रममा अधिकारीले आफू आएको चार दिन भएतापनि कार्यालयका धेरै पक्षहरू बुझ्न पाएको, बिहान देखि बेलुका सम्म काममा व्यस्त रहेको बताए । उनले आफ्नो कार्य अनुभवलाई आधार बनाउँदै बेसीशहर नगरपालिकामा सुधार र विकासका लागि तयारी गरिरहेको बताए । मनाङ, नवलपरासी, डोल्पा र काठमाडौंका विभिन्न स्थानहरूमा काम गरेर प्रशासनिक अनुभव बटुलेका अधिकारीले समग्र नगरपालिकाको समृद्ध , सुशासन र पारदर्थीताका साथ काम गर्ने उल्लेख गरे ।

समाजका अध्यक्ष हरिप्रसाद अधिकारीले प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारीले समग्र नगरपालिकाको विकासमा लाग्न शुभकामना दिए । उनले नगरपालिकाको प्रशासन र समृद्धिमा नयाँ इट्टा थपिने अपेक्षा पनि लिए । कार्यक्रममा समाजका सचिव विनोद न्यौपानेले सहजिकरण गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button